बीमा अभिकर्ता सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको आयोजनामा बीमा अभिकर्ताका लागि सञ्चालन गरिएको तालिम सकिएको छ ।

यही भदौ १६ देखि १९ गते सम्म बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिको लागि निर्जीवन बीमा अभिकर्ताको भर्चुअल तालिम सम्पन्न गरेको छ । तालिममा विभिन्न जिल्लाबाट ३६ जना व्यक्तिको उत्साहजनक सहभागि थिए ।

तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताले कम्पनी र ग्राहक बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकको बीचमा उत्कृष्ट भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताको माध्यमबाट ग्राहकले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

You might also like

Comments are closed.