रिलायन्स फाइनान्स १२औं वर्षमा प्रवेश, वार्षिकोत्सवमा माइती नेपाललाई सहयोग

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले ११औं वार्षिकोत्सवको अवसरमा माइती नेपाललाई सहयोग गरेको छ । फाइनान्सले माइती नेपाललाई बिहीबार एक कार्यक्रमबीच ब्लाङकेट लगायत न्यायो कपडा सहयोग गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै माइती नेपाललाई सहयोग गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले जानकारी दिए । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं सेन्ट्रलसँगको सहकार्यमा फाइनान्सले सहयोग गरेको हो ।

रचनात्मक कार्य गरी वार्षिकोत्सव मनाउने क्रममा माइती नेपाललाई सहयोग गर्न पाउँदा खुसी लागेको श्रेष्ठले बताए । काठमाडौंको प्रदर्शनीमार्गमा मुख्य कार्यालय रहेको फाइनान्सले मुख्य कार्यालयसहित २१ शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

jutta mela

८३ करोड २४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको निक्षेप ५ अर्ब ६० करोड रुपैयाँ र कर्जा लगानी ४ अर्ब २० करोड रुपैयाँ छ । समय सापेक्ष रुपमा फाइनान्सलाई प्रविधिमैत्री बनाउँदै आधुनिक बैंकिङ सेवा प्रदान गर्न आफूहरु सफल रहेको श्रेष्ठले आर्थिक आवाजलाई बताए ।

र यो पनि, रिलायन्स फाइनान्सद्वारा एकैदिन १० शाखाको उद्घाटन

You might also like

Comments are closed.