काठमाडौं । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीलाई समृद्धि फाइनान्सबाट सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउने तथा अन्य बैकिङ कारोबारमा सहजिकरण गर्न समृद्धि फाइनान्स कम्पनी लिमिटेड र स्किल्ड आम्र्स फर टे«डिङ एण्ड कन्ट्रयाक्टि एण्ड क्लिनिङ सर्भिसेसबीच सम्झौता भएको छ । सर्भिसेजका व्यवस्थापक गंगा प्रसाद ढकालको उपस्थितीमा दुई संस्थाबीच समझदारी भएको हो ।
समझदारी अन्तर्गत कतारमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले समृद्धि फाइनान्स मार्फत आफ्नो परिवारको खाता वा सिधै आफ्नै खातामा रेमिट्यान्स पठाई बिभिन्न बैकिङ सुविधाहरु प्राप्त गर्न सक्ने छन् ।
वैदेशिक रोजगारीमा रहेका वा जान लागेका नेपालीहरुले समृद्धि फाइनान्समा वैदेशिक रोजगारी खाता खोली नियमित रेमिट््यान्स पठाउन सक्ने छन् र यसरी नियमित रेमिट्यान्स प्राप्त गर्ने परिवारले आवश्यकता अनुसार जुनसकै कर्जा सहज रुपमा सहुलियत दरमा बिना झन्झट लिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।
Comments are closed.